चक्रघट्टा–सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आफ्नै एम्बुलेन्स र ब्याक हृवी लोडर (डोजर) खरिद गरि संचालनमा ल्याएको छ ।
गाउँपालिकामा एम्बुलेन्स नहुदाँ बिरामीलाई स्वास्थ्य उपचार गर्न बाहिर जादाँ खर्च धेरै हुने गरेको र डोजर आएपछि बाटोघाटो निर्माण, मर्मत सम्भार तथा अन्य भौतिक संरचना निर्माण गर्नमा सहज ह्ने गाउँपालिकाले जनाएको छ । पालिकाको आफ्नो एम्बुलेन्स नहुदाँ गाउँपालिका अध्यक्ष चढ्ने गाडी नै बिरामी ओसार पसारमा समेत प्रयोग हुदैं आएको थियो । एम्बुलेन्स आएपछि त्यो समस्या सामाधान भएर गएको छ ।
एम्बुलेन्स आएपछि गाउँपालिकाको बिरामीहरुलाई स्वास्थ्य उपचार गराउनमा सजिलो भएको गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले बताए । ‘अन्य ठाउँका एम्बुलेन्स लिएर स्वास्थ्य उपचार गराउनमा बाहिर जादाँ महँगो शुल्क तिर्नु पथ्र्यो ।’ उन्ले भने, ‘अब आफ्नै भएपछि सहुलियत दरमा एम्बुलेन्स सेवा पाउँछ । आवश्यक परेको बेला बाहिरको एम्बुलेन्स कहिले काँही ढिलो आइ पुग्थ्यो ।’
गाउँपालिकामै एम्बुलेन्स भएपछि २४ घण्टा सर्वसधारणले सेवा पाउने उन्को भनाई छ । आफुले सपथ ग्रहणकै क्रममा पालिकामा एम्बुलेन्स खरिद गर्ने बाचा गरेको उन्ले स्मरण गरे । त्यस्तै बाटोघाटो निर्माण गर्न वा मर्मत सम्भार गर्न डोजर नहुदाँ समस्या हुने गरेको अध्यक्ष यादवले बताए । खोजेको बेला डोजर पाउँदैन्थ्यो । पाएपनि चर्को भाडा तिर्नु पथ्र्र्यो । पालिकाको आफ्नै डोजर भएपछि भाडा तिर्नु पर्ने र अन्य ठाउँमा गएर खोज्नु पर्ने समस्या टरेको अध्यक्ष यादवको कथन छ ।
पालिकाले राजस्व छुट बाहेक २० लाख १० हजारमा एम्बुलेन्स र ४२ लाख ४० हजारमा डोजर खरिद गरि ल्याएको प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादवले बताएका छन् । एम्बुलेन्स आएपछि सर्वसधारण जनतालाई समयमै र सहज ढंगले सेवा पाउँछ । अरु भन्दा सस्तो दरमा पालिकाको एम्बुलेन्स सेवा उपलब्ध गराउँछ । डोजर प्रयोगबाट पालिकाको आम्दानीको स्रोतमा पनि बृद्धि हुने अधिकृत संजिवले बताए ।
पहिलो पल्ट गाउँपालिकामा एम्बुलेन्स र डोजर आएपछि स्थानियबासी खुशी भएका छन् । समस्या परेको बेला बाहिरको एम्बुलेन्स आउँदा महँगो पैसा तिर्नु परेको स्थानिय महेश साहले बताए ।