कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ ।
सोमबार बसबरिया गाउँपालिका–४, गोेनर्वा स्थित भित्री सडक खण्डबाट भारतिय नम्बरको गाडिमा ल्याउदै गरेको २१ बोरा चिनि बरामद भएको हो । पक्राउ पर्नेहरुमा कविलासी नगरपालिका–७, गैर निवासी अन्दाजी ४४ बर्षिय सवारी चालक राम सुदिल राय र गाडीमा सवार सोही स्थानका अन्दाजि २६ बर्षिय सुनिल यादव रहेको बरहथवा प्रहरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको २१ बोरा १ हजार ५० किलो चिनि ७५ हजार बजार मुल्य कायम गरी जिल्ला भन्सार कार्यलय मलंगवा पठाएको छ । बिआर ०६ पिए ७८७१ नम्बरको टाटा सुमो गोल्डमा उत्तर तर्फ ल्याउदै गर्दा उनीहरुलाई विशेष सुचनाको आधारमा प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्र कमाण्डमा रहेको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।