Monday, September 9, 2024

हरिवनमा बहुक्षेत्रीय पोषण सम्बन्धी अभिमुखीकरण र समीक्षा सम्पन्न

ताजा / भरखरै प्राप्त

हरिवन-सर्लाहीको हरिवन नगरपालिकामा बहुक्षेत्रीय पोषण सम्बन्धी अभिमुखीकरण तथा तेस्रो चौमासिक समीक्षा सम्पन्न भएको छ ।

बिहिवार हरिवन नगरपालिका कार्यलयको सभाहलमा एक कार्यक्रमका विच बहुक्षेत्रीय पोषण योजना अन्तरगत पोषणमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो । सोही कार्यक्रमका विच नगर स्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशक समितिको तेस्रो चौमासिक समिक्षा समेत सम्पन्न गरिएको थियो ।

आगामि चार बर्ष भित्र अर्थात २०८३ साल भित्रमा नगरलाई कुपोषणमुक्त नगर घोषणा गर्ने लक्ष्य सहित कार्यक्रम संचालन गरिएको नगरपालिका बहुक्षेत्रीय पोषण शाखाले जनाएको हो । कार्यक्रम अन्तरगत नगरको ११ वटा वडालाई वडा स्तरिय अभियान मार्फत कुपोषण मुक्त वडा घोषणा गरिने नगर स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले जानकारी दिए ।

नगरकै पहिलो वडाको रुपमा हरिवन नगरपालिका वडा नम्बर ८ बाट अभियान सुरु गरिने भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगरका मेयर बुढाथोकीले नगरलाई कुपोषण मुक्त बनाउने अभियनमा सबैलाई समट्ने र सबैले साथ दिनुपर्ने बताए । उन्ले मानिसको दैनिक ब्यहारका कारण पनि कुपोषणको अवस्था बढेको तर्क गरे ।

नगर प्रमुख रमेश बुडाथोकी (कमल)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरकी उपमेयर हरिमाया घलान, विभिन्न शाखा प्रमुख, वडाध्यक्ष स्वास्थ्य स्वयंम समेविका लगाएतको सहभागिता रहेको थियो । सहभागिहरूलाई साझेदार संस्था यूनिसेफ जनकपुरकी पोषण अधिकृत सुमी मास्के र शेर सिंह दहितले सहजीकरण गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles