Friday, February 23, 2024

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ ।

बुधवार हरिवन नगरपालिका–११, स्थित पुर्व पश्चिम लोकमार्गबाट १८ लाख अबैध रुपैया सहित ४ जना पक्राउ परेका हुन् । शंकालागेर चेक जाचँ गर्ने क्रममा बागमती प्रदेश ०१–०२६ च ०२९९ नम्बरको कारको डिकीमा राखेको अवस्थामा हजार दरका सय÷सय थानको १८ बण्डल पैसा फेला परेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।

प्रहरीले पैसा लिएर आएको कारका चालक मक्वानपुरको हेटौडा उपमहानगरपालिका–३, बासामाडी निवासी ४० बर्षका हेमराज बिश्वकर्मा, कारमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका–४, घर भई काठमाण्डौ काडाँघारी निवासी ३१ बर्षका मौषम मग्राती, सर्लाहीको बागमती नगरपालिका–१, बस्ने ३१ बर्षका दिपक तामाङ र खोटाङको रावावेसी गाउँपालिका–४, निवासी ४४ बर्षका विमल तामाङलाई पक्राउ गरेको छ ।

उनीहरुले लिएर आएको पैसाको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles