Wednesday, February 21, 2024

सुनचादी ब्यवसायी संघ सर्लाही अध्यक्षमा पुनः सोनार चयन

ताजा / भरखरै प्राप्त

हरिवन–सुनचाँदी ब्यवसायी संघ सर्लाहीको अध्यक्षमा पुनः निरन्जन साह सोनार चयन भएका छन् ।

आईतवार हरिवन नगरपालिका–८, स्थित बनवाटिकामा ओयोजित संघको १३ औँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट साह पुनः अध्यक्षमा चयन भएका हुन् । हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी(कमल)को प्रमुख आतिथ्यतामा भएको भेलाले ८ सदस्य जिल्ला सुनचाँदी ब्यवसायी संघको नेतृत्व चयन भएको हो ।

यस्तै संघको बरिष्ठ उपाध्यक्षमा शंकर साह सोनार, उपाध्यक्षमा अर्जुन कुमार साह, सचिवमा बेद प्रकाश साह सोनार, कोषाध्यक्षमा दशरथ बिश्वकर्मा र सदस्यहरुमा नसिव रसाईली, अवध साह र पप्पु साह चयन भएका हुन् । सोनार यो सहित तेस्रो कार्यकालको लागि जिल्ला कमिटि अध्यक्षमा सर्वसम्मत भएका हुन् ।

कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, हरिवन ११ नम्बर वडाका वडाध्यक्ष शेष मेहबुब रेजा लगाएतको आतिथ्यता रहको संघले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles