सर्लाही-नागरिकता विधेयक प्रकाणिकरण कार्यन्वयन सगैँ जिल्ला प्रशासन कार्यलय सर्लाहीबाट २४ जनाले नागरिकता प्राप्त गरेका छन् ।
नागरिकता विधेयक प्रकाणिकरण कार्यन्वयन पछि आईतवार जन्मका आधारमा जिल्ला प्रशासन कार्यलय सर्लाहीबाट २४ जनाले नागरिता लिएका प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले जानकारी दिए । पहिलो दिन आईतवार आएका मध्य कागजात पुगेका २४ जनालाई जन्मको आधारमा नागरिकता वितरण गरिएको उन्ले बताए । जिल्लाका दुई ईलाका प्रशासन सहित तिन स्थानबाट नागरिकताको प्रमाण पत्र वितरण हुनेगरेको छ ।
जिल्ला प्रशासन कार्यलयले सूचना जारी गर्दै १४ किसिमका कागजात पुर्याएपछि मात्रै जन्मको आधारमा नागरिकता पाईने उल्लेख गरेको छ । जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्न अनुसूची १ फारम भर्नुपर्ने छ । भने, बाबु र आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, आमाबुबा र नागरिकताका लागि आवेदन दिने व्यक्तिबीच फोटोसहितको नाता प्रमाणित प्रतिलिपि समेत संलग्न गर्नु पर्ने छ ।
यस्तै बाबु र आमाको मतदाता परिचयपत्रको प्रतिलिपि, स्थानीय तहबाट स्थानीय बसोबास प्रमाणित÷किटानी सिफारिसको प्रतिलिपि लगायतका कागजात आवश्यक पर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको हो । पारिवारिक विवरण, बुवाआमाको विवाह दर्ता÷विवाह प्रमाणित प्रतिलिपि, बुवा र आमाको मृत्यु भएको भए मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, बुवा र आमा वा सन्तानको नामको जग्गाधनी प्रमाण पुर्जा, मोहियानी हकको प्रमाणपत्र भए सो प्रमाणपत्र, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, विद्युत÷खानेपानी÷टेलिफोनको बिललगायतका अन्य कागजात, कम्तिमा २ जना वडा सदस्य सहित छिमेकीहरु गरी ५ जनाको वडा मुचुल्का र २०६३ को टोलीले नाबालक दर्ता गरेको भए सोको निस्सा पनि पेश गर्नुपर्ने छ ।
यस्तै नागरिकताका लागि अत्यन्त भिड हुने भएपछि विभिन्न पालिकाबाट कर्मचारी सहयोग माग गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । जिल्ला प्रशासन कार्यलय मलंगवा र ईलाका प्रशासन कार्यलय हरिवन र बरहथवामा गरी दुई÷दुई जनाको दरले ६ जना कर्मचारी सहयोग मागिएको उन्ले जानकारी दिए । पालिकाहरुले समेत कर्मचारी पठाईदिएका उन्ले बताए । नागरिकताको प्रमाण पत्रको लागि हुनसक्ने भिडलाई मध्यनजर गर्दै सहज सेवाको लागि विभिन्न रणनीति अपनाईले प्रजिअ यादवको भनाई छ ।