Wednesday, February 21, 2024

सर्लाहीको लालबन्दी नगरपालिकको १० औँ नगरसभा प्रारम्भ

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाहीको लालबन्दी नगरपालिकाले १० औँ नगर सभा शनिबारबाट प्रारम्भ गरेको छ ।

शनिवार नगरसभाको दशौं अधिवेशन अर्थात् आर्थिक वर्ष २०८०/०८१ को बजेट अधिवेशन प्रारम्भ भएको हो । लालबन्दी नगरपालिका–१०, चन्द्रपुरस्थित वडा कार्यालय सभाहलमा नगर सभाको उद्घाटन गरिएको नगरपालिकाका प्रवक्ता तथा वडा नं. १६ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए ।

मेयर बासुदेव अधिकारीले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । वडाध्यक्ष थापाका अनुसार शनिबार प्रस्तुत भएको नीति तथा कार्यक्रममा आइतबारबाट बजेट प्रस्तुत गरिने भएको छ । नगर सभाको दोस्रो बैठकले नीति तथा कार्यक्रम पारित समेत गरिसकेको छ ।

यस नगरपालिकाको आगामि आर्थिक बर्षकोे नीति तथा कार्यक्रममा सडक सञ्जालको निर्माण, चुरेक्षेत्रका नदी नियन्त्रण, चुरेक्षेत्रमा वृक्षारोपण तथा संरक्षण गरी चुरेलाई अमूल्य सम्पदाको रुपमा विकास, सतप्रतिसत नागरिकमा विद्युत्, खानेपानी, आधारभूत पूर्वाधारको प्रवन्धलगायतका विषयलाई प्राथमिकता दिइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles