Tuesday, January 21, 2025

सर्लाहीको बागमतीमा बस र ट्रक ठोक्किदा आधादर्जन घाईते

ताजा / भरखरै प्राप्त

बागमती–पुर्व पश्चिम राजमार्ग स्थित बागमतीमा यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किदा आधा दर्जन घाईते भएका छन् ।

मंगलवार बागमती नगरपालिका–१, राईखोला पुलमा यात्रु बाहक बस र मालबाहक ट्रक आपसमा ठोक्किएको हो । दुर्घटनामा ट्रक र बसका चालक सहित बसमा सवार ४ जना यात्रु सामान्य घाईते भएका प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय बागमती मोडल अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।

दिउसो अबेर पुर्वबाट पश्चिम जादै गरेको को १ ख ५२३९ नम्बरको यात्रु बाहक बस र पश्चिम तर्फबाट चामल बोकेर आउदै गरेको बा ५ प ५६६५ नम्बरको ट्रक पुलको विचमा पुगेपछि आपसमा ठोक्किएको हो । सोही समयमा हावाहुरी सहित परेको चट्याङका कारण गाडि अनियन्त्रीत भएको चालकहरुको प्रारम्भिक बयानबाट खुल्न आएको श्रोतको भनाई छ ।

घटनामा संलग्न दुवै सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा सवार अन्य यात्रु आफ्नो गन्तब्य तर्फ प्रस्थान गरेका छन् । दुर्घटना पछि केही बेर दुवै तर्फको सवारी आवागमन पुर्व रुपमा अबरुद्ध भएको थियो । प्रहरीको प्रयास पछि अहिले एकतर्फी सवारी सुचारु भएको र केहीबेरमा दुर्व तर्फको सवारी आवागमन पुर्णरुपमा सूचारुहुने ईलाका प्रहरी कार्यलय हरिवनमा प्रहरी निरिक्षक शिवराम थापाले जानकारी दिनुभयो ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles