Tuesday, July 16, 2024

सर्लाहीको गोडैतामा करेन्ट लागेर बालकको ज्यान गयो

ताजा / भरखरै प्राप्त

गोडैता–सर्लाहीको गोडैतामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।

शनिवार गोडैता नगरपालिका–२, भटुलियाका देवनारायण महतोको अन्दाजी १० बर्षका छोरा आदित्य कुमार महतोको करेन्ट लागेर ज्यान गएको हो । घर पछाडि रहेको छिमेकी रामजी महतोको चापाकलमा पानी लिने क्रममा उन्लाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

छिमेकीको चापाकलमा मोटर चलिरहेको अवस्थामा बालकलाई करेन्ट लागेको प्रत्यक्षदर्शीको भनाई छ । घटना लगतै गम्भिर अवस्थाका बालकको उपचारको लागि नजिकैको स्वास्थ्य संस्थामा पुर्याएपछि बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।

बालकको शव पोष्टमाटमकोलागि प्रादेशिक अस्पताल मलंगवा राखिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles