Wednesday, February 21, 2024

श्रोत नखुलेका लाखौँ रुपैया सहित ५ जना पक्राउ

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाही प्रहरीले जिल्ला सदरमुकाम मलगंवाबाट श्रोत नखुलेको लाखौँ रुपैया सहित ५ जनालाई पक्राउ गरेको छ ।

बिहिवार मलंगवा नगरपालिका–८, स्थित प्रहरी चौकी गोरखकाली नजिकैबाट श्रोत नखुलेको २ लाख ५० हजार भारतिय रुपैया र १ लाख ७० हजार नेपाली रुपैया सहित ५ यूवक पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सर्लाहीको हरिवन नगरपालिका–२ निवासी अन्दाजी २३ बर्षका ईन्द्र बहादुर कार्की, २८ बर्षका कमल दर्लामी, ३४ बर्षका संजिव तामाङ, २८ बर्षका लेख बहादुर दर्लामी र मलंगवा–८, बस्ने ३१ का नुरहसन साह रहेको प्रहरीले जनाएको छ ।

बा ३० प ६३१३ र बा ९१ प १३२५ नम्बरको दुई वटा मोटरसाईकलमा नेपालबाट भारतको सोनबर्षा तर्फ जादै गरेका उनीहरुलाई सुराकीका आधारमा चेक जाचँ गर्दागरिएको थियो । सोही क्रममा उनीहरुको साथबाट अबैध रुपैया बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु सवार मोटरसाईकल सहित नियन्त्रणमा लिएर अनुसन्धान सुरुगरेको जिल्ला प्रहरीका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियारले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles