Wednesday, February 21, 2024

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, आधा जलेको सव प्रहरी नियन्त्रणमा

ताजा / भरखरै प्राप्त

हरिपुर– श्रीमानको कुटपिटबाट सर्लाहीको हरिपुरमा एक महिलाको मृत्यु भएको छ ।

शनिवार हरिपुर नगरपालिका–६, बस्ने ईन्द्रकला देवीको मृत्यु भएको हो । मृतक महिला ईन्द्रकलाको सव आधा जलेको अवस्थामा प्रहरीले चिताबाट निकालेर नियन्त्रणमा लिएको छ । कुटपिट घटनाबाट मृत्यु भएकी महिलाको सव गुपचुपमा जलाउदै गरेको खवर पाएपछि हरिपुर ईलाकाबाट गएको प्रहरी टोलीले सव नियन्त्रणमा लिएर परिक्षणको लागि प्रदेशिक अस्पताल पठाएको हो ।

सव जलाउदै गरेका ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ईन्द्रकला देवी साहलाई गत जेठ २२ गते श्रीमान ५० बर्षका राजाराम साहले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । श्रीमानको अन्दाधुन्द संबेदनशिल अंगमा भएको कुटपिटबाट गम्भिर घाईते भएकी उनलाई तत्काल नवलपुर स्थित अस्पताल पुर्याईएको थियो ।

त्यहा उपचार सम्भव नभए पछि तत्काल बिरगंज लगिएको आफन्तको भनाई छ । तर, बिरगंजबाट ईन्द्रकलाई जेठ २३ गते नै घर ल्याएर राखेको अवस्थामा स्वास्थ्य बिग्रिय पछि गत २४ गते जनकपुर पुर्याईएको आफन्तले बताए । उपचारको क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेपछि उपचार नगरी शनिवार बिहान जबर्जस्ती घर ल्याउने क्रममा उन्को बाटोमै मृत्यु भएको हो ।

घटनाको बारेमा कसैलाई जानकारी नदिई सव जलाउन खोजेको पाहिएको ईलाका प्रहरी कार्यलय हरिपुरले जनाएको हो । मृतककोे श्रीमान कुटपिट घटना लगतै फरार रहेको र उन्को खोजी भईरहेको जिल्ला प्रहरीका एसपी नरेन्द्रराज सुवेदीले जानकारी दिए । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles