Friday, February 23, 2024

मनकारी परिवारद्वारा आश्रममा मिष्ठान्न भोजको ब्यवस्था

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाहीको लालबन्दीमा रहेको बृद्ध आश्रममा एक मनकारी परिवारले मिष्ठान्न भोजन गराएका छन् ।

बुधवार लालबन्दी नगरपालिका–७, निवासी खेमराज फुयाल परिवारले बृद्ध आश्रममा मिष्ठान्न भोजन गराएका हुन् । श्रीमती स्वर्गिय होम कुमारी फुयालको १३ औँ दिनको पुण्य तिथिको अवसरमा लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पध्म भुवनेश्वरी नमुना बृद्ध सेवा आश्रममा आश्रित बृद्ध बृद्धाहरुलाई मिष्ठान्न भोजन गराएको फुयाल परिवारले जनाएका हुन् ।

एक छाक मिष्ठान्न भोजन खुवाउन फुयाल परिवार आश्रममै पुगेका थिए । मनकारी परिवारले आश्रममा आश्रित बुबा आमाहरुको लागि एक बोरा चिनि र एक पोका पिठो समेत सहयोग गरेका आश्रम ब्यवस्थापक भवानी कोईरालाले जानकारी दिईन् । सहयोगि तथा मनकारी परिवारले विभिन्न अवसरमा आएर आश्रमका आश्रित आमाबुबाहरुलाई मिष्ठान्न भोजन गराई दिदा आश्रम ब्यवस्थापनमा समेत टेवा पुगेको आश्रम परिवारको भनाई छ ।

आश्रम परिवारले मनकारी फुयाल परिवार प्रति धन्यवाद सहित आभार प्रकट गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles