Thursday, June 13, 2024

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ ।

मलंगवा नगरपालिका–५, भाडसरमा रहेका ८ वटा मदिरा भट्टि नष्ठ गरेको जिल्ला प्रहरी कार्यलय सर्लाही जनाएको हो । प्रहरीले मदिरा भट्टिबाट बरामद भएको एक हजार लिटर कच्चा पदार्थ समेत नष्ट गरेको छ । गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीलाई देखे पछि भट्टि संचालकहरु भने फरार भएका थिए ।

प्रहरीले मदिरा बनाउने कच्चा पदार्थ राखेको १० वटा ड्रम समेत फुटाई दिएको छ । प्रहरी निरिक्षक सुमित कुशवाहको कमाण्डमा पुगेको टोलीले भट्टिबाट ४ सय लिटर तयारी मदिरा बरामद गरेुर नष्ट गरेको जनाएको छ । घटना स्थलबाट बरामद भएको ७ थान मेसिन र ५० वटा ड्रम नियन्त्रणमा लिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियारले बताए ।

यसरी अबैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रणको लागि जिल्ला भरी अभियानको रुपमा काम गरिरहेको डिएसपी पंजियारको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles