Monday, September 9, 2024

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

ताजा / भरखरै प्राप्त

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ ।

बागमती–१२ र ४ मा फैलिएको भरत ताल नामले चर्चित बागमती माछा पोखरीमा ‘स्काई साईक्लिनिङ’ को मज्जा लिन सकिने भएको हो । ताल किनारमा निर्माण सम्पन्न भएको ‘स्काई साईक्लिनिङ’को परिक्षण समेत सम्पन्न गरिएको संचालक कम्पनी बागमती ईन्टरटेनमेन्टका गौतम खड्काले जानकारी दिए । तारको लठ्ठामा झुण्डिएको साईकल चलाउनु निकै साहसिक खेल मानिन्छ ।

मनोरन्जन सगैँ साहसिक खेलको रुपमा लिईने यस ‘स्काई साईक्लिनिङ’ले थप पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ । यस ‘स्काई साईक्लिनिङ’ जमिन सतह देखी ३७ फिट उचाईमा, २ सय १३ फिट लामो रहेको संचालक कम्पनी बागमती ईन्टरटेनमेन्ट प्रमुख खड्काले जानकारी दिए । भरत ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको समेत आकर्षणको केन्द्र बन्दै गएको छ ।

यस ‘स्काई साईक्लिनिङ’ मधेश प्रदेश मै पहिलो रहेको संचालक कम्पनीको दावी छ । भरत तालमा पर्यटकको मनोरञ्जन तथा सयरका लागि तिन दर्जन मोटर बोट र एउटा मिनि क्रुज समेत संचालनमा छ । यसले तालको सौंदर्यता बढाउनुका साथै पर्यटकको आकर्षण बढाएको छ । पर्यटकको मनोरञ्जनलाई ध्यान दिदै ताल परिसरमा थप साहसिक खेलका संरचना निर्माण लगाएतका काम भईरहेको बागमती नगरपालिकाले जनाएको हो ।

८५ लाख लागतमा निर्माण सम्पन्न भएको यस ‘स्काई साईक्लिनिङ’ मा दुईवटा रोप लाईनबाट एक पटकमा तिन जना सम्मले साईकल चलाउन सक्ने संचालक कम्पनीले जनाएको हो । नगरको पहिचानका रुपमा रहेको भरत ताल पर्यटन, पर्यावरण, रोजगारी सगैँ नगरको आर्थिक उपार्जनको माध्यम बन्दै गएको नगरले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles