बागमती–बैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणको बिषयमा सर्लाहीको बागतीमा अन्तरकृया सम्पन्न भएको छ ।
शुक्रवार बागमती नगरपालिका स्थित सिता प्यालेस होटल सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । गैर सरकारी संस्था पौरखी नेपालको आयोजनामा विभिन्न निकायका प्रतिनिधिहरु सहभागि गराएर अन्तरकृया गरिएको संस्थाका प्रतिनिधि विजय लामाले जानकारी दिए ।
कार्यक्रममा सहभागिहरुलाई पौरखी नेपालकी रणनीति सल्लाहकार मन्जु गुरुङले सुन्य लागतमा बैदेशिक रोगजगारीमा जाने प्रकृया र ब्यवस्थाको बिषयमा प्रशिक्षण दिएकी थिए । स्थानीय स्तरमा रहेर सुरक्षित बैदेशिक रोजगारीको क्षेत्रमा पैरवी गर्दै आएका सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु समेत सहभागि भएका थिए ।
यसै विच कार्यक्रमा इसरा संस्थाले संचालन गरेको मोवायल एप्स ‘उज्वल सपना’को बिषयमा समेत अन्तरकृया गरिएको थियो । सहभागिहरुबाट मोवायल एप्स ‘उज्जल सपना’ को बिषयमा प्रतिकृया समेत लिईएको थियो । बैदेशिक रोजगारमा जान चाहनेहरुको लागि बहुउपयोगी यस एप्सको विषयमा समेत जानकारी गराईएको थियो ।
मोवायल एप्सको माध्यमबाट बैदेशिक रोजगारीमा जान चाहनेले अवसर, भिजा आवेदन, कुनै किसिमको ठगी लगाएतको उजुरी सगैँ मेनपावर र रोजगार दाताको विषयमा समेत सजिले जानकारी पाउन सक्ने पौरखी नेपालको कार्यक्रम संयोजक मनिस केसीले जानकारी दिए ।
बागमती नगरपालिकालाई लक्षित गरेर संचालन गरिएको यस कार्यक्रममा बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, ईलाका प्रशासन कार्यलय हरिवनका टेष्टराज भण्डारी, बागमती नगरपालिका रोजगार शाखा संयोजक निलम कुशवाह, बागमती सेवासमाजका प्रमेश वादे लगाएत विभिन्न कार्यलयका प्रतिनिधि र संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।