Monday, September 9, 2024

बिद्यालयको स्तरउन्नतीको लागि देश बिदेशबाट सहयोग

ताजा / भरखरै प्राप्त

बागमती– सर्लाहीको बागमतीमा सामुदायिक बिद्यालयको स्तर उन्नतीको लागि देश विदेशबाट सहयोग संकलन भएको छ ।

बागमती नगरपालिका–२, धरहरामा रहेको श्री जनवाल कल्याण माध्यामिक बिद्यालयको शैक्षिक स्तर सुधारका लागि देश विदेशबाट सहयोग जुटेको हो । बिद्यालयको आह्वानमा स्थानीय अभिभावक, शिक्षासेवी तथा बिध्यालयका पुर्व विद्यार्थीहरु समेत देश बिदेशबाट जुटेका हुन् । बिद्यालयले सुरुगरेको सहयोग कार्यक्रममा देश बिदेशबाट दर्जनौ ब्यक्ति जुटेका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिए ।

सामुदायिक बिद्यालय अभिभावकको समेत नजरमा नपर्ने गरेको प्रधानाध्यापक जिम्बाको अनुभव छ । बिद्यालयको समग्र विकासमा अभिभावकको भुमिका अपरिहार्य हुने भएकोले अपनत्वको लागि समेत अभियान सुरुगरेको उन्को कथन छ । बिद्यालयको ब्यवस्थापनको लागि सुरु गरेको अभियानमा सहयोगिहातहरु उत्साहको साथ जोडिएका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष टंक बहादुर बोहोराले जानकारी दिए ।

यस बिद्यालयमा अधिकाशं विपन्न परिवारका बालबालिका अध्यन गर्ने गरेका छन् । पछिल्लो समय यस विद्यालयले नगरको आन्तरिक ब्यवस्थापनमा समेत गुणस्तरिय शिक्षामा जोड दिएको छ । बिद्यालयले आफ्नै भवनमा बिद्यार्थीका लागि ल्याव सेवा तथा पुस्तकालय समेत संचालन गरेको छ । भने, बालबालिकाकाहरुको सिकाई प्रकृया समेत सुदृढ गरिएको बिद्यालयका शिक्षक निर्मल तिमल्सेनाले जानकारी दिए ।

संकलित रकमबाट बिद्यालयको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत हाउस डिभिजनको लागि बिद्यार्थीहरुका लागि ट्रयाक सुट खरिद गर्ने तयारी गरेको जनाएको छ । बिद्यालयको यस सहयोग अभियानमा हाल सम्म २२ जना सहभागि भएका बिद्यालयले जनाएको हो । उनीहरुबाट बिद्यालयको बैक खातामा ४ लाख ११ हजार ९ सय ७२ रुपैया जम्मा भएको हो ।

यसरी पुर्व विद्यार्थी, स्थानीय अभिभावक तथा शिक्षासेवीहरुको निरन्तरको सहयोगबाट बिद्यालयको आन्तरिक ब्यवस्थापन तथा शैक्षिक स्तर सुधारमा टेवा पुग्ने बिद्यालय प्रशासनले जनाएको छ । सहयोगि हातहरु प्रति धन्यवाद ज्ञापन गर्दै बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बोहराले थप सहयोगको अपेक्षा समेत गरिएको बताए ।

सहयोगि दाताहरुको विवरण
१ मुकुन्द उप्रेती हरिवन–६, घुर्कौली ५०,०००
२ डा. उमेश दहाल बागमती–२, धरहरा ५०,०००
३ सुरज केसी गंगा बोहरा बागमती–५, राजघाट ३०,०००
४ श्री रुद्रदिप स्मृती अक्षय कोष बागमती–२, धरहरा ३०,०००
५ प्रमोद बस्नेत/सशिकला बस्नेत बागमती–२, धरहरा २६,०२२
६ अनिल तिमल्सेना बागमती–३, धरहरा २५,०९५
७ किरण तिमल्सेना बागमती–२, धरहरा २५,०००
८ उत्तम खड्का बागमती–१ मिलनचोक २९,०००
९ रचित वाईवा/पासाङ वाईवा/बिशाल घलान/उमेश मोक्तान बागमती–२, डावरी ३६,५२०
१० आशिक मण्डल बागमती–३, धरहरा १०,१२५
११ सुरेश मण्डल बागमती–३, धरहरा १०,१००
१२ राम प्रवेश मण्डल बागमती–३, धरहरा १०,०००
१३ तेन्छेन थिङ बागमती–३, धरहरा १०,०००
१४ गंगा बहादुर मोक्तान बागमती–३, धरहरा १०,०००
१५ कर्म घिसिङ/रोशनी बम्जन घिसिङ बागमती–६, लालबहादुर टोल २५,०००
१६ दिपक भण्डारी बागमती–२, धरहरा १०,०००
१७ बलराम अधिकारी बागमती–२, धरहरा ५,०००
१८ राम कुमार राउत बागमती–२, धरहरा ५,००५
१९ पर्मिला राउत पाठक लालबन्दी, ५,०००
२० रवी पाण्डे बागमती–२, डावरी ४,०००
२१ मुरारी कोईराला बागमती–२, धरहरा ३,१०५
२२ नारायण कार्की बागमती–३, धरहरा ३,०००

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles