Wednesday, February 21, 2024

बागमतीमा वातावरण दिवसको अवसरमा चित्रकला प्रतियोगीता

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा विश्व बातावरण दिवसको अवसरमा चित्रकला प्रतियोगीता सम्पन्न गरिएको छ ।

बागमती नगरपालिका शिक्षा शाखाले ‘डिस पोज प्लास्टिक पोलुसन्’ भन्ने मुल नाराका साथ चित्रकला प्रतियोगिता गरेर दिवस मनाएको हो । पालिकाले नगर भरिका सामुदायीक विध्यालयमा अध्यनरत ५ कक्षा सम्मका बालबालिकाहरुलाई प्रतियोगितामा सहभागिता गराएको थियो ।

बागमती नगरपालिका–१२, स्थित बागमती भ्यु रिसोट तथा एडभेन्चरमा आयोजित कार्यक्रममा नगरका २५ सामुदायीक विध्यालयका ५० जना छात्राछात्रहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा जनज्योति आधारभुत माद्यामिक विद्यालय जियाजोर का अभिनास सिंह प्रथम, जन बालकल्याण माद्यामिक विद्यालयका प्रतिक मोक्तान द्धितिय र जन कल्याण आधारभुत माद्यामिक बिद्यालय धरहराका पुरुषोत्तम बम्जन तेस्रो भए ।

विद्यार्थीलाई चित्रकला क्षमता विकास गर्न र बातावरण संरक्षणमा टेवा पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । बागमती नगरपालिकाका शिक्षा शाखा संंयोजक राजकुमार विश्वकर्माको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, शिक्षा शाखा प्रमुख उपाध्याय, राष्टिय शिक्षा अभियन्ता अभिषेक घिमिरे, १२ नम्बर वडा अध्यक्ष ओम वहादुर श्रेष्ठ, शिक्षक बिद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles