Saturday, May 18, 2024

बागमतीमा ट्रक र पिकअप ठोक्कियो, चालक घाईते

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा भएको सवारी दुर्घटनामा चालक घाईते भएका छन् ।

शुक्रबार बागमती नगरपालिका–१, स्थित राईखोला पुलमा भएको सवारी दुर्घटनामा दुईजना सवारी चालक घाईते भएका हुन् । बिहान पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ५ ख ८१४३ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको प्रदेश नम्बर २–०३–००१ त १४३३ नम्बरको पिकआप भ्यान आपसका ठोक्किएको हो ।

दुर्घटनामा दुवै सवारीका चालक सामान्य घाईते भएका छन् । घाईते मध्य ट्रक चालक मोरङ बिराटनगर महानगरपालिका–२, बस्ने ३७ बर्षका अखिलेश राय राजपुतकोे नयारोड स्थित दयन्ती अस्पतालमा उपचार भईरहेको छ । भने, पिक अप चालक सामान्य घाईते रहेको ईलाका प्रहरी कार्यलय बागमतीले जनाएको हो ।

सोही स्थानमा केही दिन पहिलामात्र यात्रु बाहक बस र मालबाहक ट्रक आपसका ठोक्किएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles