Saturday, May 18, 2024

बागमतीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती– सर्लाहीको बागमतीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिवार (आज) बागमती नगरपालिका–११, स्थित श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालय प्रांगणमा एक दिने निशुल्क सवस्थ्य शिविर सम्पन्न भएको हो । रोट्रायक्ट क्लब अफ चितवनको आयोजना भएको शिविरमा दुई सय जनाले निशल्क स्वास्थ्य सेवा लिएका सह–आयोजक श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालयले जनाएका हो ।

बागमती नगरपालिका समेत स्थानीय ब्यस्थापक रहेको शिविरको उप मेयर लिला कुमार मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । शिविरमा चितवन मेडिकल कलेजका बरिष्ठ चिकित्सकको टोली खटिएका थिए । शिविरमा बिशेष गरी दम स्वासप्रस्वास, सुगर, प्रेसर, मुटु रोग लगाएतका विरामीको स्वाथ्य चेक जाचँ तथा निःशुल्क औपधि समेत वितरण गरिएको थियो ।

रोटरायक्ट क्लब अफ चितवनका अध्यक्ष अच्युतम काफलेको अध्यक्षतामा शिविर समापन कार्यक्रम सम्पन्न भएको थियो । कार्यत्रममा श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष घनश्याम थापा, कर्मैया आदर्श जनता क्याम्पसका अध्यक्ष हरि पुढासैनी, श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालयका प्रधानध्यापक नवकिरण श्रेष्ठ, लगाएको आतिथ्यता रहेको थियो ।


कार्यक्रमका वक्ताहरुले स्वास्थ्य र शिक्षा क्षेत्र विच एक आपसमा सहकार्य हुनुपर्ने बताएका थिए । सबै संगै मिलेर अगाडि बढ्न सकेमात्र समाजमा स्वास्थ्य अवस्था सुदृढ रहने तर्क गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles