Saturday, June 14, 2025

पार्टीको अबको मिसन एक सय ५० : एमाले सचिव भट्टराई

ताजा / भरखरै प्राप्त

लालबन्दी–नेकपा एमालेका केन्द्रीय सचिव एवं सांसद योगेश कुमार भट्टराईले पार्टीको अवको अभियान मिसन १ सय ५० रहेको बताएका छन् ।

शनिवार सर्लाहीको लालवन्दीमा मधेश प्रदेश स्तरीय प्रचार भेलालाई सम्वोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । सम्बोधनका क्रममा अभियानको चर्चा गर्दै नेता भट्टराईले २०८४ सालको निर्वाचनमा नेकपा एमालेले प्रतिनिधि सभामा एक सय ५० सीटको वहुमत ल्याएर सरकार वनाउने प्रष्ट पारे । मधेश प्रदेश इन्चार्ज समेत रहेका भट्टराईले एमाले वाहेकका गठवन्धनले देशलाई वर्वाद गर्ने आरोप लगाए ।

उनले अहिलेको जस्तो टाइमपास सरकार बनाएर मुलुकको अर्थतन्त्र, वैदेशिक सम्बन्ध धरासायी बनाउने कार्यलाई बन्द गर्ने जिकिर गरे । अहिलो संसदमा कमजोर पार्टीको नेतृत्वमा बनेको सरकारले मुलुकलाई सहि दिशा नदिने उनले बताए । भट्टराईले यसअघि एमालेलाई मधेश प्रदेशबाट लखेट्न अनेक प्रयास भएको भएपनि मधेशका नेता कार्यकताहरु एकजुट भएका कारण उक्त प्रयास असफल भएको दाबी गरे ।

भेलालाई पार्टीका स्थायी कमिटी सदस्य तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, सचिव गगन विष्ट, पार्टी मधेश प्रदेश अध्यक्ष रामऔतार यादव, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश वस्नेत लगायतले सम्वोधन गरेका थिए । मधेश प्रदेशका आठ जिल्लाका १ सय भन्दा वढि पार्टी निकट संचारकर्मी तथा पार्टीका प्रचार विभागका पदाधिकारीको भेला लालवन्दीमा सम्पन्न भएको मधेश प्रदेश प्रचार विभागका सचिव चूडामणि वाग्लेले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles