Saturday, May 18, 2024

कर्मैया स्वास्थ्य चौकीमा जनस्वास्थ्य प्रयोगशालाको उदघाटन

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित कर्मैया स्वास्थ्य चौकीमा जनस्वास्थ्य प्रयोगशाला उदघाटन गरिएको छ ।

बिहिवार बागमती नगरपालिका–१२, मा रहेको प्रयोगशालाको मेयर भरत कुमार थापाले उदघाटन गर्नु भएको हो । जनस्वास्थ्य प्रयोगशालामा दर्जन बढि विभिन्न किसिमको परिक्षण गरिने बागमती स्वास्थ्य शाखाले जनाएको छ । अत्याधुनीक प्रविधि सहितको प्रयोगशालामा सस्तो मुल्यमा सेवा प्रवाह गरिने शाखा प्रमुख पदम रायमाझीले जानकारी दिए ।

प्रयोगशाला सगँ गर्भवती महिलाको परिक्षणको लागि भिडियो एक्सरे मेसिन समेत संचालनमा आएको छ । घुम्ती एक्सरे मेसिन मार्फत प्रतेक हप्ता नगरका विभिन्न स्वास्थ्य संस्थाबाट निशुल्क सेवा प्रवाह गरिने नगरले जनाएको छ । उक्त घुम्ती भिडियो एक्सरे सेवा संचालन पछि गर्वबती महिलाहरुले भिडियो एक्सरेकै लागि टाडा धाउनु पर्ने बाध्यता टर्ने अपेक्षा गरिएको छ ।

प्रदेश सरकार र बागमती नगरपालिकाको सहकार्यमा संचालनमा आएको यस प्रयोगशालाबाट सस्तोमा ‘होलबडि’ ‘चेकअप’ लगाएतका सुविधा समेत प्रदान गरिने स्वास्थ्य शाखा सहसयोजक रायमाझीले जानकारी दिए । यस सुविधाबाट भरपुर सेवा लिन नगरवासीहरुमा स्वास्थ्य शाखाले अनुरोध समेत गरेको छ ।

कार्यक्रममा बागमती नगरपालिकाका वडा न १२ का वडा अध्यक्ष ओम श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा आम जनता पार्टीका केन्द्रीय सदस्य दिपक कुमार रानाभाट, वडाध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्य सोयंमसेविका, स्वास्थ्यकर्मी लगाएको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles