Friday, February 23, 2024

हरिवनबाट अबैध असुली गर्ने यूवक पक्राउ

ताजा / भरखरै प्राप्त

हरिवन–बजार पसलमा अबैध ढंगले असुले गर्ने एक यूवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

शुक्रवार हरिवन नगरपालिका–११, स्थित रागाँ बजारबाट महोत्तरीको लक्ष्मिनीया घर भई गौशाला–१२, बस्ने २८ बर्षका उत्सव लामालाई प्रहरीले पक्राउ गरेको हो । बजार क्षेत्रमा ब्यापारीहरुलाई धम्क्याउदै तर्साउदै पैसा असुली गरेको गुनासोको आधारमा प्रहरीले खोजी गरेको थियो ।

विभिन्न पसलहरुमा रहेको सिसि क्यामेराको सहायताले लामालाई पक्राउ गरी कार्वाही प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles