Wednesday, February 21, 2024

ब्रम्हपुरीमा हुरीले घर भत्काउदा एक महिलाका ज्यान गयो

ताजा / भरखरै प्राप्त

ब्रम्हपुरी–सर्लाहीको ब्रह्मपुरीमा हावाहुरीले घर भत्काउदा एक महिलाको ज्यान गएको छ ।

बिहिवार दिउसो आएको हावाहुरीले घर भत्किदा ब्रह्मपुरी गाउँपालिका–२ बस्ने अन्दाजी ६५ बर्षकी सावित्री देवी साहको ज्यान गएको हो । दिउसो घर भित्र बसिरहेको अवस्थामा सोही घर भत्किएर उन्लाई लागेको प्रहरीले जनाएको हो । घटनामा उन्को छाती र टाउकोमा चोट लागेको थियो ।

चोट लागेर अचेत बनेकी उन्लाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याए पछि चिकित्सकले मृत घोषणा गरेका हुन् । हावाहुरीबाट साहको घर भत्किदा एक लाख मुल्य बराबरको धनमाल क्षती पुगेको भएको जिल्ला प्रहरी सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए । साहको सव परिक्षणको लागि अस्पतालमै राखिएको छ ।

सर्लाहीमा बिहानै देखी मौषम बदली भई बादल लागे पनि दिउसो पछि हावाहुरी सहित केही स्थानमा पानी परेको होे । हावाहुरी र पानीले अन्य स्थानमा समेत क्षती गरेको प्रहरीको आशंका छ । घटनाको थप विवरण संकलन भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles