बागमती–सर्लाहीको बागमती स्थित साम्तेन देक्षन छयोईखोर्लिङ गुम्बाको भवन निर्माण तथा पर्खाल शिलन्यास गरिएको छ ।
मंगलवार एक कार्यक्रमका विच बागमती नगरपालिका–१२, स्थित गुम्बा परिसरमा शिलन्यास कार्यक्रम सम्पन्न गरिएको हो । ३० लाख लागतमा सम्पन्न गरिने भवन निर्माण तथा पर्खाल मर्मत कार्यको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले शिलन्यास गरेका हुन् ।
शिलन्यास पुर्व गुम्बाका प्रमुख पेमा वाङडुप लामाको नेतृत्वमा लामा पुजारीहरुले पुजाआजा गरेका गुम्वाका अध्यक्ष समेत रहेका कार्यक्रममा अध्यक्ष सन्त बहादुर ठोकरले जानकारी दिए । प्रदेश सरकारको बजेटबाट आउदो अषाढ मसान्त सम्ममा गुम्बा भवन निर्माण र पर्खाल मर्मत कार्य सम्पन्न हुने गरी ठेक्का लागेको नगरपालिकाले जनाएको हो ।
कार्यक्रममा बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, वडा नम्बर १२ का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ स्थानीय समाजसेवी, बुद्धिजिवी लगाएतको सहभागिता रहेको कार्यक्रम संचालनक तथा गुम्बा ब्यवस्थापन समिति सचिव चन्द्र बहादुर जिम्बाले जानकारी दिए ।