हरिवन–स्थानीय शासनमा युवा संलग्नता प्रवर्द्धन कार्यक्रमका लागि साहसी नेपाल र सहयोगि समाज विच सम्झौता भएको छ ।
हरिवन नगरपालिका स्थित ६ वटा वडामा संचालन हुने उक्त कार्यक्रमका लागि तेस्रो पक्षिय वित्तिय सहयोग उप–परियोजनाका रुपमा सहयोगी समाज नेपालले साहसी नेपाल सगँ सम्झौता गरेको हो । २०२४ मार्च सम्म संचालन हुने परियोजनामा हरिवन नगरपालिका वडा नम्बर ६, ७, ८, ९, १० र ११ मा विभिन्न कार्यक्रमहरु संचालन हुने साहसी नेपालका प्रमुख कार्यकारी अधिकृत सन्तोष गदालले जानकारी दिए ।
यस कार्यक्रम अन्तरगत स्थानीय यूवालाई शासन प्रकृयामा सहभागिताका लागि विभिन्न गतिविधिहरु संचालन गरिने संस्थाले जनाएको हो । यूवाहरुलाई विभिन्न तालिम, अन्तरकृया तथा अनुगमन र अबलोकन सहितका कार्यक्रम मार्फत स्थानीय शासनको बिषयमा जानकारी गराईने संस्थाकी अध्यक्ष पवित्रा माझीको भनाई छ । कार्यक्रम स्थानीय यूवा र सरकार विच बड्दो दुरी घटाउन कोशेढुंगा सावित हुने अध्यक्ष माझीको कथन छ ।
यूरोपियन यूनियनको सहयोगमा संचालन हुन लागेको कार्यक्रममा हेल्भेटास नेपालको समेत सहकार्य रहेको संस्थाले जनाएको छ । कार्यक्रम अन्तरगत भिडिया प्रोड्काष्ट उत्पादन र प्रशारण समेत गरिने संस्थाका कार्यकारी प्रमुख गदालको बताए । कार्यक्रम मार्फत स्थानीय यूवाहरुको क्षमता विकासमा समेत टेवा पुग्ने आयोजक संस्थाले जनाएको छ । यस साहसी नेपाल संस्थाले यूवा तथा किशोरीहरुको क्षेत्रमा यस पहिला पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
परियोजना सम्झौता पत्रमा सहयोगी समाज नेपालका अध्यक्ष हरि थापा र साहसी नेपालकी अध्यक्ष पवित्रा माझीले हस्ताक्षर गरेका थिए ।