बागमती–रौतहटको चन्द्रपुर स्थित दोभान टोलामा डिप बोडिङ शिलन्यास गरिएको छ ।
बुधवार चन्द्रपुर नगरपालिका–१, स्थित दोभान टोलामा प्रदेश सभा सदस्य यूवराज भट्टराई(समिर)ले डिप बोरिङको शिलन्यास गरेका हुन् । प्रदेश सांसद भट्टराईको सांसद विकास कोषबाट विनियोजित बजेटबाट उक्त बोरिङ खन्न लागिएको उपभोक्ता समितिका अध्यक्ष रेशम बहादुर बम्जनले जानकारी दिए ।
पुर्वाधार विकास कार्यलय रौतहट गौरबाट संचालित योजनाको कुल लागत २६ लाख १३ हजार ६ सय ८२ रुपैया ९३ पैसा रहेको छ । त्यस मध्य २४ लाख ७५ हजार पुर्वाधार विकास कार्यलय र १ लाख ३८ हजार ६ सय ८२ रुपैया ९३ पैसा स्थानीय जनश्रमदानबाट पुरा गरिने उल्लेख छ ।
आगामी जेठ मसान्त सम्ममा सम्पन्न हुने योजनाबाट स्थानीयले लामो समय देखी भोग्दै आएको खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।