चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा २ सय बढी किसानहरुले खेतबारीको माटो परीक्षण गराएका छन् ।
सोमवार चक्रघट्टा गाउँपालिकाको आयोजना र माटो तथा मल परीक्षण प्रयोशाला सप्तरी राजबिराजकाको सहयोगमा माटो परीक्षण गरिएको हो । एक दिने माटो परीक्षण कार्यक्रममा पालिका २ सय २५ किसानले खेतबारीको माटो परीक्षण गराएका कृषि शाखाका नायब प्राबिधिक सहायक टिका बस्नेतले जानकारी दिए । माटो परिक्षणमा प्रदेश स्तरीय कार्यालयबाट ३ जना प्राबिधिक सहितको टोली खटिएका थिए ।
परीक्षणको क्रममा माटोमा नाइट्रोजन, पोटास, फसफोरस, अम्लियपन र माटोको किसिमको परीक्षण गरिएको प्रयोगशाला सप्तरी राजबिराजका कार्यालय प्रमुख सुनिल कुमार सिंहले जानकारी दिए । परीक्षणका क्रममा यस पालिकाको माटो अन्य ठाउँको भन्दा राम्रै रहेको पाहिएको प्राविधिकहरुको भनाई छ । माटो परिक्षणको विस्तृत रिपोर्ट भने पछिमात्र प्राप्तहुने प्रयोगशाला केन्द्रले जनाएको हो ।
माटो परीक्षण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले कृषि क्षेत्रको उत्पादकत्व बढाउने उदेश्यले माटो परीक्षण गरिएको बताए । यस पालिकामा अधिकांश परिवार कृषि पेसामा आधारित छन् । माटो परिक्षण सगैँ समस्या देखिएका माटोको उपचारमा समेत पालिकाले पहल गर्ने अध्यक्ष यादवले जानकारी दिए । यसरी कृषकहरुलाई उत्पादनमा बृद्धि गरेर आत्मनिर्भर गराउने पालिकालको तयारी रहेको उन्ले बताए ।
कार्यक्रमका पालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादव, कृषि शाखा प्रमुख रामइश्वर यादव लगायतको सहभागिता रहेको थियो ।