Wednesday, February 21, 2024

आमजनता पार्टी जिल्ला ईन्चाजमा रानाभाट चयन

ताजा / भरखरै प्राप्त

बागमती–आम जनता पार्टी सर्लाहीको इन्चार्जमा दिपक कुमार रानाभाट चयन भएका छन् ।

केन्द्रिय सदस्य समेत रहेका नेता रानाभाटलाई पार्टीको जिल्ला इन्चार्जको समेत जिम्मेवारी प्राप्त भएको हो । आजपाको गत बैशाख २७ गते ईश्वरपुर नगरपालिका स्थित वयलवासमा पहिलो जिल्ला भेला सम्पन्न भएको थियो । भेलाले तुलसी प्रसाद हुमागाईको अध्यक्षतामा एक सय एक सदस्य जिल्ला कमिटि समेत गठन गरेको छ ।

कमिटिको उपाध्यक्षमा सुरेश राय यादव, गंगा भण्डारी र प्रमोद साह, सचिवमा नविन साह, सहसचिवमा जितेन्द्र सिंह दनुवार र अन्य सदस्यमा चयन भएका छन् । प्रखरबक्ता तथा यूवामाझ लोकपृय मानिने नेता रानाभाट केही समय पहिलामात्र नेपाली कांग्रेस पार्टी परित्याग गरी आम जनता पार्टी प्रवेश गरेका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles