Friday, February 23, 2024

हिरापुर खेलमैदानको स्तरउन्नती गरिने

ताजा / भरखरै प्राप्त

बरहथवा–सर्लाहीको हिरापुरमा रहेको खेल मैदानको स्तरउन्नती हुने भएको छ ।

बरहथवा नगरपालिका–११, हिरापुरमा रहेको खेलमैदानको ४० लाख लागतमा स्तरउन्नती गर्न लागेको हो । उक्त कार्यको शनिवार मधेश प्रदेशका पुर्व यूवा, बालबालिका तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले शिलन्यास गरे ।

नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति समेत रहेका सिंहले कार्यक्रममा बोल्दै स्थानिय स्तरमा राम्रो खेलाडी उत्पादन र खेलकुदको विकासका लागि स्तरिय खेलकुद मैदान आवश्यक रहेको दावी गरे । जिल्लाका स्थानिय तहहरु खेलकुद विकासमा उदासिन रहेको उन्को आरोप थियो ।

आफ्नै पहलमा प्रदेश सरकारबाट विनियोजित बजेटबाट मैदानको स्तरउन्नती हुनलागेको भन्दै सिंहले खुशि समेत व्यक्त गरे । कार्यक्रममा संविधान सभा सदस्य नरेन्द्र साह, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, काँग्रेस नेता बिगु प्रसाद चौधरी, माओवादी केन्द्रका नेता जयप्रकाश यादव लगायत स्थानियवासीहरुको समेत उल्लेखनिय सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles