Friday, February 23, 2024

सर्लाहीमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान गठन

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको जिल्ला शाखा गठन गरिएको छ।

माओवादी केन्द्रका हरिवन नगर समिति अध्यक्ष अर्जुन पन्तको अध्यक्षतामा प्रतिष्ठानको ११ सदस्यीय सर्लाही जिल्ला शाखा गठन गरिएको हो। समितिमा उपाध्यक्ष सावित्रा बुढाथोकी, सचिव कृष्ण गौतम, कोषाध्यक्ष बालकुमार श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा दिनेश थापा, इन्द्र पाठक, शिवजी साह, बमबहादुर लोप्चन, सुन्दरकलादेवी महतो, बद्री प्रधान र श्याम बाबु कार्की चयन भएका छन् ।

प्रतिष्ठानले नेपालको बामपन्थी तथा प्रजातान्त्रिक आन्दोलनमा नरबहादुर कर्माचार्यले पुर्याएको योगदानलाई चिरस्थायी बनाउनेगरी वैचारिक क्षेत्रमा विभिन्न कामहरु गर्ने अध्यक्ष पन्तले जानकारी दिए। स्वर्गीय कर्माचार्य नेकपाका संस्थापक सदस्यमध्येका एक हुन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles