Friday, February 23, 2024

संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड सर्लाहीको अध्यक्षतामा लामा चयन

ताजा / भरखरै प्राप्त

संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड नेपालको ८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सनिवार हरिवन स्थित सम्राट पार्टी प्यालेसमा संघको ८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभाले पुनः देवकुमार लामाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो ।
सभाले उपाध्यक्षमा रामबाबु मण्डल, सचिवमा मोहन बहादुर कार्की, सहसचिवमा रविन्द्र ठाकुर, कोषाध्यक्षमा रामकुमार सिंह र सदस्यहरुम इयाउदिन मनसुर, राज कुमार यादव, डम्बर बहादुर लुंगेली, सुरेश बाबु महतो, नवराज गौतम, सन्तोष महतो सहित ११ सदस्य जिल्ला कार्य समिति चयन भएको हो ।

बिशिष्ठ अतिथि पुर्व मधेश प्रदेश सभा सदस्य डिल्ली उप्रेती, हरिवन नगरपालिकाका कमल बुढाथोकी(रमेश), सशस्त्र प्रहरीका प्रहरी निरिक्षक धु्रव भट्ट, प्रहरी निरिक्षक शिवराम थापा, जिल्ला ट्राफिक सर्लाहीका प्रहरी निरिक्षक लेखनाथ मैनाली, नेकपा माओवादी केन्द्रकी महिला नेत्री पद्मा मोक्तान, नेपाली कांगे्रसकी महिला नेत्री सोनी बम्जन लगाएतको बिशिष्ठ आतिथ्यता रहेको कार्यक्रम संचालक टंक बहादुर बाेहराले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles