Friday, February 23, 2024

रामनगरमा दुईकोठे बिद्यालय भवन शिलन्यास

ताजा / भरखरै प्राप्त

जितेश यादव, रामनगर–सर्लाहीको रामनगरमा रहेको सुधाकृष्ण आधारभुत बिद्यालयको दुुईकोठे पक्कि भवन शिलन्यास गरिको छ ।

आईतवार रामनगर गाउँपालिका–१, महादेव टोलामा रहेको सुधाकृष्ण आधारभुत बिद्यालय प्रांगणमा एक कार्यक्रमका विच रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले भवनको शिलन्यास गरेका हुन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ३६ लाख रुपैया लागतमा सुविधा सम्पन्न बिध्यालय भवन निर्माण हुन लागेको हो ।

भवन अभावमा बिद्यालयमा बालबालिकाहरु साघुरो ठाउँमा बसेर पढ्न बाध्य भएका थिए । भवन शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले शिक्षा क्षेत्रको सुधारमा आफु अहोरात्र लागि परेको बताए । शिक्षा क्षेत्रलाई आधुनिक र प्रविधि मैत्री तथा गुणस्तरिय बनाउदै लैजाने नगरको योजना रहेको उन्को भनाई थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles