गोडैता–ईस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजानको अवसरमा मुस्लिम परिवारलाई कपडा र जुस वितरण गरिएको छ ।
जिल्लाको गोडैता नगरपालिका–१२, मधुवनीमा गोडैताका मेयर देबेन्द्र कुमार यादवले ब्यक्तिगत खर्चमा १२३ मुस्लिम परिवारलाई कपडा र जुस वितरण गरेका हुन् । समाजिक सदभाव कायम गर्दै भाईचारा सम्बन्ध अभिबृद्धि गर्ने उधेश्य सहित मुस्लिम परिवारलाई कपडा तथा जुस वितरण गरेको मेयर यादवले बताए ।
गत बर्ष देखिनै रमजान पर्वको अवसरमा समाग्री वितरण सुरु गरिएपनि स्थानिय तहको चुनावी आचारसंहिताका कारण हुन नसकेको गोडैता–१२, का वडाअध्यक्ष केशव कुमार उर्फ गुडडु यादवले जानकारी दिए । गत चैत्र १० गते शुक्रवारका दिनदेखि सुरु भएको रमजान वैशाख ९ गते शनिवार सकिदै छ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान समुदाय दिनमा निराहार बस्ने गर्दछन ।
मेयर यादवले पर्वको अवसरमा कपडा तथा जुस वितरण गरेको भन्दै स्थानीय खुसी भएका छन् ।