Wednesday, February 21, 2024

बालबालिका सामुदायिक बिध्यालयमा भर्ना गर्नुस : बागमती नगर शिक्षा शाखा

ताजा / भरखरै प्राप्त

सरिता सापकोटा, बागमती– आफ्ना बालबालिकालाई सामुदायिक बिध्यालयमा भर्ना गर्न बागमती नगर शिक्षा शाखाले आग्रह गरेको छ ।

नगर शिक्षा ऐन अनुसार नगरबाट तलव भत्ता लिने कर्मचारी, जनप्रतिनिधि, शिक्षक शिक्षिकाहरुलाई बिद्यालय उमेरका बालबालिकाहरुलाई सामुदायिक बिध्यालयमा भर्ना गर्न भनिएको हो । मंगलवार बागमती नगर शिक्षा शाखाले सुचना जारी गर्दै पाएक पर्ने सामुदायिक बिद्यालयमा आफुना बालबालिका भर्ना गरेर विवरण नगर शिक्षा शाखामा उपलब्द गराउन आग्रह गरिएको हो ।

बागमतीले २०७५ मा नगरको शैक्षिक गुणस्तर सुधार गर्ने उद्येश्य सहित नगर शिक्षा ऐन २०७५ लागु गरेको थियो । सोही ऐनको दफा ४१ को उपदफा १ अनुसार नगरका सम्पुर्ण कर्मचारी, शिक्षक शिक्षिका र जनप्रतिनिधिलाई आफ्ना बालबालिका नगरकै सामुदायिक बिद्यालयमा भर्ना गर्ने गरी नगरका मेयर भरत कुमार थापाले सामुहिक सपथ ग्रहणनै गराएका थिए ।

यसरी आफ्ना बालबालिकाहरु अन्य निजि बिद्यालयमा पढाउने र सामुदायिक बिद्यालयमा जागिर खाने कर्मचारी शिक्षक शिक्षिकाहरुलाई नियमन गर्न सहज भएको नगरले जनाएको छ । नगर शिक्षा ऐन कार्यन्वयनमा आए सगैँ नगरका सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर तथा भौतिक संरचना समेत सुधार भएको छ । भने, सामुदायिक बिद्यालयमा बालबालिकाको आकर्षण समेत बढेको छ ।

बागमती नगरपालिकाका सामुदायिक बिद्यालयमा अहिले बालबालिका दुई गुणाले बढेका नगर शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles