Wednesday, February 21, 2024

बागमती पुलमुनी बेवारिसे शव फेला

ताजा / भरखरै प्राप्त

बागमती – बागमती नगरपालिका स्थित बागमती पुलमुनी एक पुरुषको बेवारिसे सव फेला परेको छ ।

बुधवार सर्लाही र रौतहटको सीमा स्थित बागमती खोलाको पुलमुनी नाम, थर वतन नखुलेको एक पुरुषको सव फेला परेको हो । स्थानियका अनुसार उक्त पुरुष केही समय देखी यस क्षेत्रमा मागेर खादै हिड्ने गरेको थियो । सव तराई मुलको जस्तो देखिने अन्दाजी ३५÷४० वर्षका पुरुषको रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । शव तत्काललाई पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । । उक्त पुरुषलाई चिन्ने जो कोहीलाई प्रहरीमा सम्पर्क गरिदिन समेत प्रहरीले अनुरोध गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles