सरिता सापकोटा, बागमती–सर्लाहीको बागमतीमा दुई दिने स्तरीकृत प्रश्न निर्माण कार्यशाला सम्पन्न भएको छ ।
राष्ट्रिय परिक्षा बोर्ड काठमाण्डौको संयोजनमा बागमती नगरपालिका–११, स्थित श्री ५ महेन्द्र जनता माध्यामिक बिद्यालयमा कार्यशाला आयोजना गरिएको हो । शुक्रवार र शनिवार गरी दुई दिन सम्म संचालन भएको कार्यशालामा बागमती, हरिवन, लालबन्दी र मलंगवा नगरपालिका क्षेत्रका बिद्यालयका अंग्रेजी, विज्ञान र गणित बिषय पढाउने शिक्षक शिक्षिकाहरु सहभागि थिए । उनीहरुलाई बोर्डका प्रशिक्षकहरुले सहजिकरण गरेका थिए ।
बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार सगैँ उनीहरुको परिक्षा र त्यसमा प्रयोग हुने प्रश्न समेत उत्तिकै महत्वपुर्ण हुने भएकाले स्तरीकृत प्रश्न निर्माण कार्यशाला आयोजना गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । बोर्डको योजना अनुसार यस बर्षका लागि कार्यशाला संचालन गर्ने बागमती नगरपालिका शिक्षा शाखा पहिलो बनेको अध्यक्ष शर्माले बताए । बागमती नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि बनाएको योजनाको अध्यक्ष शर्माले खुलेर प्रशंसा समेत गरे ।
कार्यशालामा सिकेका र जानेका ब्यवहार र सिपलाई सबै शिक्षक शिक्षिकाहरुले आफ्नो बिद्यालयमा पुगेर ब्यवहारमा उतार्नु पर्नेमा उहाँको जोड थियो । यस्तो प्रयोगले बालबालिकाको ज्ञानको सहि परिक्षण र त्यसबाट नतिजा समेत राम्रो आउने उहाँको भनाई थियो । कार्यक्रममा सहभागि हुन राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष शर्मा कार्यशालाका लागि शुक्राबार देखी सर्लाहीको बागमती रहनु भएको शिक्षाशाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।
प्रमाण पत्र वितरण समारोहलाई सम्बोधन गर्दै कार्यक्रममा अध्यक्ष समेत रहेका बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले सबै शिक्षक शिक्षिकाहरुलाई कार्यशाला गोष्ठिको उपलब्धी ब्यवहारमा लागु गर्न अनुरोध गरे । यस्ता कार्यशालो आफुले सिक्ने र अरुलाई सिकाउने प्रकृया सहज बनाउने समेत मेयर थापाको भनाई थियो । शिक्षा बिकास र समृद्धिको मेरुदण्ड भएकाले आफ्नो जिम्मेवारी बुझिदिन समेत सबैमा मेयर थापाले आग्रह गरे ।
समापन समारोहमा मलंगवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहनाथ गौतम, बागमती नगर शिक्षा संयोजक राज कुमार बिश्वकर्मा लगाएको आतिथ्यता रहेको कार्यक्रम संचालक समेत रहेको शिक्षक मनोज प्रसाद खनालले जानकारी दिए ।