Monday, October 7, 2024

बागमतीमा प्रधानाध्यपकका लागि नेतृत्व विकास तालिम

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा प्रधानाध्यापकका लागि नेतृत्व विकास तालिम संचालन गरिएको छ ।

शिक्षा शाखाको आयोजनामा नगर भित्र संचालनमा रहेका २५ सामुदायिक बिध्यालयका प्रधानाध्यापकहरुलाई ३ दिने नेतृत्व विकास तालिम सुरु गरिएको हो । तालिमको मंगलवार बागमती नगरपालिकाकी उपमेयर लिला कुमार मोक्तानले उद्घाटन गरिन् । तिन दिन सम्म संचालन हुने तालिममा बृहत राष्ट्रि शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले प्रशिक्षण प्रदान गर्नेछन् ।

नगर शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्यायको अध्यक्षतामा संचालन भएको उदटन समारोहमा नगर शिक्षा शाखाका ओम बहादुर कार्की, शिक्षा शाखाका कर्मचारी, बिभिन्न बिध्यालयका प्रतिनिधि शिक्षक लगाएतको सभागिता रहेको कार्यक्रम संचालक शिक्षक मनोज खनालले जानकारी दिए । बागमती नगरपालिकाले नगरका सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तर उकास्न विभिन्न तालिमका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

नगरका सामुदायिक बिध्यालयहरुमा अग्रेजी माध्यम देखी मण्टेश्वरी विधिबाट समेत अध्यन अध्यापन भईरहेको छ । सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तर सुधार भए सगैँ बिध्यालयहरुमा बिध्यार्थीको आकर्ष बढदै गएको तथ्यांकले देखाएको छ । केही बर्षमै नगरका सामुदायिक बिध्यालयमा बिध्यार्थी दुईगुण बढिले बृद्धि भईरहेका नगर शिक्षा शाखाका कार्कीले जानकारी दिए ।

यस पालिकाले सडक, शिक्षा, स्वस्थ्य, कृषि, पर्यटन लगाएका क्षेत्रलाई प्राथमिकताका साथ योजना तर्जुमा गरी विकासका गतिविधि संचालन गरिररहेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles