Wednesday, February 21, 2024

बागमतीमा नगर स्तरिय भलिवल प्रतियोगिता सुरु

ताजा / भरखरै प्राप्त

सर्मिला रमौली, बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित मिलन चोकमा नगरस्तरिय भलिवल प्रतियोगिता सुरु भएको छ ।

मंगलवारबाट बागमती नगरपालिका–१, मिलनचोक मगर गुम्बा नजिकैको मैदानमा राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित भलिवल प्रतियोगिता सुरु भएको हो । आयोजक मिलनचोक यूवा क्लवका अध्यक्ष गोकर्ण रुपा खेतीको अध्यक्षतामा भएको प्रतियोगिताको बागमती नगरपालिका–१, का वडाध्यक्ष गम्भिर सिंङ पाख्रिनले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा सहनी हजरियालाई सोझो सेटमा पराजित गर्दै बाराको खैरा टोली विजयी भएको छ । जित सगैँ खैरा क्वाटरफाईनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो खेलमा गोर्खा एकेडेमीलाई पराजित गर्दै रोतहटको बसन्तपुर विजयी भएको छ । जित सगै बसन्तपुरले पनि क्वाटर फाईनल यात्रा तय गरेको आयोजकले जनाएको हो ।

मंगलवार भएको पहिलो खेलमा खैराका मिलन थापा र गोर्खा एकेडेमीका हेम थापाले म्यान अफ दि म्याच घोषित हुदै ट्रफि हातपारे । प्रतियोगिता अन्तरगत भोली बुधवारको खेलमा आयोजक मिलनचोक यूवा क्लव र ईश्वरपुर विच प्रतिस्पर्धाहुने भएको छ ।

प्रतियोगिताका विजेताले कप, मेडल, प्रमाण पत्र सहित नगद ३५ हजार र उप विजेता टिमले कप, मेडल, प्रमाण पत्र सहित नगद २० हजार हातपार्ने छन् । प्रतियोगितामा उत्कृष्ठ खेलाडिले विधागत पुरस्कार प्राप्त गर्ने आयोजक मिलनचोक यूवा क्लवका अध्यक्षरुपाखेतीले जानकारी दिए ।

सर्लाही सहित बारा र रौतहटको गरेर १८ वटा टिम सहभागि प्रतियोगिताको फाईनल खेल ७ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा बागमती यूवा क्लवका अध्यक्ष किस्मतराज मैनाली, सचिव कुमार प्रधान लगाएतको आतिथ्यता रहेको आयोजकले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles