Friday, February 23, 2024

नेपाल माझी उत्थान संघ सर्लाहीको अध्यक्षमा कुशवार चयन

ताजा / भरखरै प्राप्त

सरिता सापकोटा, लालबन्दी–नेपाल माझी उत्थान संघ सर्लाहीको अध्यक्षमा ललित बहादुर कुशवार चयन भएका छन् ।

शनिवार लालबन्दी नगरपालिका–५, रन्जितपुरमा सम्पन्न संघको चौथो जिल्ला अधिवेसनले कुशवारको अध्यक्षतामा ९ सदस्य समिति चयन गरेको हो । सामुदायिक वनको सभाहलमा भएको अधिवेसन माझी मुक्तिमोर्चाका पुर्व केन्द्रिय अध्यक्ष मनिस माझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

भेलाले संघको उपाध्यक्षमा राज कुमार कुशवार माझी, सचिवमा गिता माझी, कोषाध्यक्षमा अनिता माझी र सदस्यहरुमा दिनेश माझी, सुरज माझी, रिता माझी, सुरेश माझी, श्रवण माझीलाई सर्वसहमतिले चयन गरेको हो । बाँकी दुई सदस्य बैठकबाट मनोनित हुने संघका निवर्तमान अध्यक्ष कुमार माझीले जानकारी दिए ।

यस्तै कुमार माझीको संयोजकत्वमा संघको ५ सदस्य सल्लाहकार समिति समेत गठन भएको छ । समितिको सदस्यहरुमा रामबाबु माझी, राम बहादुर माझी, मोतीलाल माझी र मानबिर माझी चयन भएका संघका नव गठिन समितिका उपाध्यक्ष राजकुमार कुशवारले जानकारी दिए ।

निर्वतमान अध्यक्ष कुमार माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका संस्थापक पदाधिकारी एवं सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । यस्तै संघका स्वर्गिय संस्थापकहरु सिताराम माझी, काजिराम कुशवार, लाल बहादुर माझी लगाएतको सम्झनामा मौनधारण समेत गरिएको थियो ।

अधिवेसनमा सुरविर माझी, अनन्त कुशवार, दिपक माझी, बलराम माझी लगाएतको आतिथ्यता रहेको थियो । माझी समुदायको उत्थान र संरक्षणको नारा सहित गठित नेपाल माझी उत्थान संघको केन्द्रिय अधिवेसन आगामि बैशाख १४ र १५ गते सुनसरीमा सम्पन्न हुने भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles