Wednesday, February 21, 2024

निर्माण ब्यवसायी केसीले बृद्धा आश्रममा भोजन गराए

ताजा / भरखरै प्राप्त

सरिता सापकोटा, लालबन्दी–सर्लाहीको बागमती निवासी निर्माण ब्यवसायी रामकृष्ण केसीले जन्मदिनको अवसरमा बृद्ध आश्रममा भोजन गराएका छन् ।

शनिवार आफ्नो जन्मदिनको अवसर पारेर निर्माण ब्यवसायी केसीले लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धा आश्रममा मिष्ठान्न भोजन गराएका हुन् । बिहानै आश्रम पुगेका केसी परिवारले आश्रममा आश्रित आमाबुवाका लागि बिहान साझको मिष्ठान्न भोजनको ब्यवस्था गरिदिएका आश्रम परिवारले जनाएको हो ।

यसरी आफ्नो जन्मोत्सवका अवसरमा आश्रमका बृद्ध आमाबुवा सम्झिएर आएको भन्दै आश्रम परिवारले धन्यवाद समेत ज्ञापन गरेका छन् । आश्रममा विभिन्न तिथि श्राद्ध, विभिन्न उत्सव पारेर आउने समाजसेवीहरुका कारण आश्रम संचालनमा टेवा पुगेको समेत आश्रम ब्यवस्थापक भवानी कोईरालाले जानकारी दिईन् ।

आश्रममा ४५ जनाको हाराहारीमा बृद्ध-बृद्धा र बालबालिका आश्रित छन् । ब्यवसायी केसी एस.आर कन्ट्रक्सनका संचालक समेत हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles