बागमती – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार सर्लाही आउने भएका छन् ।
उपप्रधान मन्त्री श्रेष्ठ नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेका कार्यक्रममा सहभागीहुन सर्लाही आउन लागेका हुन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री श्रेष्ठ शनिवार लालबन्दीमा पार्टी निकट दलित संगठनको प्रदेश स्तरीय भेला, बागमतीमा जिल्लाकै प्रथम शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रम र बागमतीमै पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागिहुने तय भएको छ ।
यस पटकको सरकारमा उपप्रधान तथा गृहमन्त्री नियूक्त भएपछि श्रेष्ठ पहिलो पटक सर्लाही आउन लागेका माओवादी केन्द्र सर्लाहीका संयोजक तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) ले जानकारी दिए । माओवादी केन्द्रले सशस्त्र द्वन्द्वका जिल्लामै प्रथम शहीद इन्द्र कोइरालाको परिवारका लागि ४ कोठाको आवास तयार पारेको छ ।
पार्टीका जिल्ला नेताहरु उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको तयारीमा जुटेका छन् ।