Wednesday, February 21, 2024

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

ताजा / भरखरै प्राप्त

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

सोमबार हरिवन नगरपालिका कार्यलय सभाहलमा सम्पन्न संस्थाको भेलाले पोतेको अध्यक्षतामा ७ सदस्य नयाँ संचालक समिति सर्वसहमतीले चयन गरेको हो । सभा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संस्थाले जनाएको छ ।

संस्थाको नेतृत्व चयन भेला प्रतेक तिन/तिन बर्षमा हुने प्राबधान रहेपनि ढिला गरी ६ बर्षपछि भेला गरिएको संस्थाका निवर्तमान अध्यक्ष डाकुरनाथ खत्तिवडाले जानकारी दिए ।

भेलाले संस्थाको उपाध्यक्षमा गिता घिमिरे, महासचिवमा प्रकाश पौडेल, सचिवमा सुकदेव कार्की, कोषध्यक्षमा स्याम कार्की, सदस्यहरुमा कमरुद्धिन मन्सुर र सुरेन्द्र दाशलाई चयन गरेको छ ।

हरिवन नगरकै पहिलो संस्थाको रुपमा रहेको यस हरिवन सेवा समाज नेपालले एम्बुलेन्स तथा सव बाहन संचालन देखी विभिन्न सामाजिक कार्यहरु गर्दै आएको थियो । संस्था पछिल्लो समय निस्कृय जस्तै बनेको थियो ।

पोतेको नेतृत्वमा नयाँ संचालक समिति गठन भए सगैँ संस्थाले गतिलिने स्थानीयले अपेक्षा गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles