Tuesday, January 14, 2025

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

ताजा / भरखरै प्राप्त

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बरहथवा नगरपालिका–२, स्थित हजरियामा २ दिने निशुल्क महिलाहरुको प्रजन्न स्वस्थ्य सम्बन्धी शिविर सम्पन्न भएको हो । हजरिया सेवा समाजको आयोजना तथा रिप्पल नेपाल नामक गैर सरकारी संस्थाको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा ७ सय ३७ जना महिलाहरुले निशुल्क प्रजन्न स्वास्थ्य सम्बन्धी सेवा समेत लिएका हुन् ।

शनिवार र आईतवार आयोजित शिविरमा ठूलो संख्यामा स्थानीय महिलाहरु उपस्थित भएका थिए । उनीहरुलाई प्रजन्न सम्बन्धी स्वास्थ्य सेवा तथा परामर्ष प्रदान गरिएको आयोजक हजरिया सेवा समाजले जनाएको हो । शिविरको पहिलो दिन ४ सय ३५ र दोस्रो दिन ३ सय २ जना महिलाले सेवा लिएका हजरिया सेवा समाजका अध्यक्ष अशोक कार्कीले जानकारी दिए ।

शिविरमा फेला परेका पाठेघर खस्ने समस्याका ८० जना मध्य ३४ जनाको पाठेघरमा रिंग राखिएको, ३० जनाको शल्यक्रिया गरिएको र अन्यको पहिलो चरण अन्तरगतको उपचार गरिएको थियो । प्रजन्न स्वास्थ्य सम्बन्धी ज्ञान किशोरी अवस्थाबाटै हुनुपर्ने भएपनि धेरैलाई जानकारी नभएकै कारण यस्ता समस्याबाट नारकिय जिवन जिउन बाध्य भएका शिविरमा उपस्थित चिकित्सकहरुको भनाई थियो ।

शिविरको बरहथवा नगरपालिकाकी मेयर कल्पना कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । कार्यक्रममा बरहथवा नगरपालिकाका जनप्रतिनिधि लगाएत स्थानीयको समेत सहभागिता रहेको थियो । यस संस्थाले बर्सेनि सामाजिक काम गर्दै आइरहेको छ । संस्थाले गएको साउनमा बरहथवा नगरपालिका १, २, ३, ४ र १५ मा बरहथवा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई १०१ थान पंखा प्रदान गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles