Thursday, June 13, 2024

वृन्दावनको हर्षाहामा स्वास्थ्य चौकी भवन शिलान्यास

ताजा / भरखरै प्राप्त

प्रदीप दास, रौतहट–रौतहटको वृन्दावन नगरपालिका स्थित हर्षाहामा चरकोठे स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ ।

शनिवार जिल्लाको वृन्दावन नगरपालिका–६, स्थित हर्षाहामा रहेको स्वास्थ्य चौकीको चार कोठे पक्कि भवनको नगरका मेयर बिनोद प्रसाद पटेल र उपमेयर संगीता कुमारी रामले सम्युक्त रूपमा शिलान्यास गरेका हुन् । भवनको शिलान्यास पछि बोल्दै नगरका मेयर पटेलले यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सुविधा सम्पन्न भवनले थप सहज हुने बताए ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको यस पालिका विकासको हिसावले समेत अगाडि देखीको छ । मेयर पटेलले भवनको गुणस्तर कायम गरी समयमै निर्माण सम्पन्न गर्न निर्माण ब्यवसायीलाई आग्रह समेत गरे । स्वास्थ्य चौकीको नयाँ भवन शिलान्यास पछि स्थानियमा समेत खुसी छाएको छ । नयाँ भवनसंगै सेवा समेत बिस्तार गर्न सकिने मेयर पटेलले जानकारी दिए ।

भवन अभावमा सबै सेवा एकै कोठाबाट दिनुपर्ने अवस्था रहेको वडाध्यक्ष मजहर मन्सुरको भनाई थियो । साघुरो भवनबाट सेवा दिनु पर्दा बिमारी र स्वास्थ्यकर्मी दुवैलाई समस्या हुदै आएको उन्ले सुनाए । भवन शिलान्यास कार्यक्रममा वडाध्यक्ष रामनाथ सहनी, मजहर मन्सुर, रवीन्द्र प्रसाद साह, जगरनाथ प्रसाद पाल र मो. प्रवेज आलम लगाएतको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles