Thursday, June 13, 2024

राष्ट्रिय तत्मा समाज नेपालको केन्द्रीय महाधिवेशन रौतहटमा हुने

ताजा / भरखरै प्राप्त

प्रदीप दास, रौतहट–राष्ट्रिय तत्मा समाज नेपालको महाधिवेशन जेठ १३ र १४ गते दुई दिन रौतहटमा हुने भएको छ ।

शनिवार महाधिवेशन तयारी समितिको गरुडामा रहेको आशीर्वाद गेस्ट हाउसमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रिय तत्मा समाज नेपालको केन्द्रीय अध्यक्ष राम आशिष दास तत्माको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रिय महाधिवेशनको मिति र स्थान तय गरेको हो । बैठकले टोल, नगर गर्दै यहि चैत मसान्त भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको बरिष्ठ उपाध्यक्ष झगरू दास तत्माले जानकारी दिए ।

यसै विच आउदो जेठ १३ र १४ गते दुई दिन रौतहटको गरुडामा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको राष्ट्रिय तत्मा समाज नेपालका केन्द्रीय महासचिव शंकर दास तत्माले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles