Tuesday, October 8, 2024

मोती बिन्दुको शल्यकृया गरेका बिमारीको नियमित चेकजाचँ

ताजा / भरखरै प्राप्त

मन्दिरा लामिछाने,बागमती–गत फागुणमा आयोजित निशुल्क आँखा शिविरमा मोती बिन्दुको शल्यकृया गरेका विमारीको नियमित चेकजाँच गरिएको छ ।

शनिवार बागमती नगरपालिका–८, शंकरपुर स्थित श्री नव जन जागर माध्यामिक बिद्यालय प्रांगणमा मोतीबिन्दूको शल्यकृया गरेका बिमारीको नियमित चेकजाँच गरिएको हो । बागमती नगरपालिका स्वास्थ्य शाखा र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको सम्यूक्त आयोजनामा गत फागुण १७ गते देखी २९ गते सम्म जिल्लाका विभिन्न पालिकामा निशुल्क आँखा शिविर संचालन गरिएको थियो ।

जिल्लाको बागमती, हरिवन, हरिपुर, बरहथवा नगरपालिका र बसबरिया गाउँपालिकामा समेत संचालन भएको शिविरमा ३ हजार ९ सय ७९ जनाको आँखा चेकजाँच गरिएका थियो । त्यस मध्य ५ सय ७४ जनामा मोतीबिन्दुको समस्या देखीएको थियो । मोती बिन्दु देखीएका मध्य ३ सय ९७ जनाको आँखाको शल्यकृया गरिएको थियो । शिविरमा भेटिएका गम्भिर प्रकृतिको समस्या भएका ५ जना विमारीको लेन्स हाल्न काठमाण्डौ रेफर गरिएका छ ।

उनीहरुको आँखामा निशुल्क लेन्स राखिने आयोजक बागमती स्वास्थ्य शाखाले जनाएको छ । शिविरमा शल्यकृया गरिएको ३ सय ९७ जनाको गत चैत २ गते देखी १० गते सम्म घर दैलोमै पुगेर नियमित चेकजाँच गरिएको थियो । शिविरमा आँखाको शल्यकृया गरेका विमारी सबैजनालाई शनिवार बागमती नगरपालिका स्थित नव जन जागरण माध्यामिक बिध्यालय प्रांगणमा अन्तिम चेकजाँच गरिएको चिकित्सक उत्सव थापाले जानकारी दिए ।

नियमित (फलोअप) चेकजाँचका लागि तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौका चिकित्सक द्वय थापा र गजेन्द्र महतो खटिएका नगर शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए । यसरी निशुल्क आँखाको उपचार पाएको तथा आँखाको ज्योती फर्किएको भन्दै सहभागिहरु हर्षित बनेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles