Tuesday, January 21, 2025

भुमि अधिकार मञ्च सर्लाहीको अध्यक्षमा घिमिरे चयन

ताजा / भरखरै प्राप्त

सरिता सापकोटा, बागमती–भुमि अधिकार मञ्च सर्लाहीको अध्यक्षमा भवानी घिमिरे चयन भएकी छिन् ।

शनिवार बागमती नगरपालिका–११, शखुवनीमा सम्पन्न मञ्चको छैठौँ जिल्ला भेलाले घिमिरेको अध्यक्षतामा १७ सदस्य जिल्ला कार्यसमिति चयन गरेको हो । सम्मेलन प्रतिनिधि सभा सदस्य एवं मञ्चकी केन्द्रिय अध्यक्ष सरस्वती सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको मञ्चका निवर्तमान अध्यक्ष जित बहादुर गोलेले जानकारी दिए ।

सुरक्षित सबैलाई, खेतियोग्य जमिन किसानलाई भन्ने नारा रहेको यस मञ्चको उपाध्यक्षमा रामचन्द्र कापर, सचिवमा मन्जु सिंह, सहसचिवमा नागेन्द्र गिरी, कोषाध्यक्षमा सन्द बहादुर बल र सदस्यहरुमा सोनिया देखी माझी, सुरज कुमार दनुवार, देवकी सिंह, उपेन्द्र धनकार, लक्ष्मि लामा, गोपी माया लो, पवित्री देवी सिंह, बिद्या पौडेल, दुलारी देवी सिंह लगाएत चयन भएका छन् ।

यस पहिला उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि सुब्बाले आफुहरुको भुमि अधिकारको लडाई नसकिएको बताईन् । उन्ले पदिय दायित्व फेरीकोले अबको संघर्ष सदनबाट हुने उन्ले जिकिर गरिन् । बर्षौ देखी पटक–पटक देशमा सासन ब्यवस्था फेरी पनि भुमिहिनको अवस्था नफेरीको उन्को दावी थियो । अवको आन्दोलन अवस्था परिवर्तनको लागि हुनुपर्ने बताईन् ।

कार्यक्रममा राष्ट्रिय भुमि आयोग जिल्ला समिति सर्लाही अध्यक्ष चन्द्र प्रसाद काफ्ले, राष्ट्रिय भुमि आयोग सर्लाहीका प्रवक्ता तथा भुमि अधिकार मञ्च मधेश प्रदेश सदस्य मदन बहादुर बिश्वकर्माको बिशिष्ठ आतिथ्यता रहेको थियो । भने, बागमती–१, का वडाध्यक्ष गम्भिर सिंङ पाख्रिन, बागमती–४, का वडाध्यक्ष कृष्ण कुमार लामा, भुमि अधिकार मञ्च नेपालकी केन्द्रिय सदस्य बेल कुमारी लुंगेली, कांग्रेन नेता दिपका कुमार राणाभाट, राजकुमार बस्नेत लगाएतको आतिथ्यता रहेको आयोजकले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles