राजु तामाङ, हरिवन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको हरिवन नगर अधिवेशन सम्पन्न भएको छ । हरिवन नगरपालिका -११ मा रहेको पुरानो नगरपालिका भवनमा आइतबार राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा युथ फोर्स नेपालका केन्द्रीय अध्यक्ष पुष्प श्रेष्ठको प्रमुख आतिथ्यतामा पहिलो नगर अधिवेशन सम्पन्न गरेको हो ।
अधिवेशनले सर्वसम्मत रूपमा किरण ब्लाेनकाे अध्यक्षतामा ३१ सदस्य हरिवन नगर कमिटि गठन गरेकाे राष्ट्रिय युवा संघ नेपाल हरिवनका संयोजक विजय गोलेले जानकारी दिए । यस्तै अधिवेशनबाट उपाध्यक्ष नवराज राई, सचिव एक तामाङ, कोषाध्यक्ष सरस्वती थिङ, सह सचिवद्वय जय कुमार दास, ओम प्रकाश महतो लगायत ३१ जनाको नगर कमिटी सर्वसम्मतले चयन गरेकाे हो ।
कार्यक्रममा विशिष्ट अतिथि मधेस प्रदेश पार्टी सचिवालय सदस्य सुन्दर विश्वकर्मा, मधेस प्रदेश कमिटी सदस्य रिता मैनाली, नेकपा एमाले पार्टी जिल्ला कमिटीका उपाध्यक्ष बिदुर प्याकुरेल, जिल्ला कमिटी सदस्य तथा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, नेताहरु केशव ढकाल, नगर इन्चार्ज राम प्रसाद घिमिरे, रमेश चौलागाइ, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला सह- इन्चार्ज जोनिश पाख्रिन, केन्द्रीय सदस्य श्याम मोक्तान, विशाल साहशंकर सुमित स्याङ्तान लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।