Friday, February 23, 2024

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

मंगलवार बिहान पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ ख २० ९३ नम्बरको यात्रु बस बागमती नगरपालिका–११, ईलाका प्रहरी कार्यलय नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा सोही बसमा सवार तिन यात्रु घाईते भएका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।

घाईते मध्य दुई जनाको अवस्था सामान्य रहेको र एक जना अचेत रहेका प्रहरीले जनाएका हो । उन्को समेत स्थानीय बागमती मोडल अस्पतालमा उपचार भईरहेको छ । अचेत रहेका विमारीको बाहिरी चोट नदेखीएको तर भित्री चोट हुन सक्ने चिकित्सको आशंका छ ।

जनकपुरबाट बिरगंजका लागि छुटेको उक्त यात्रुबाहक बस स्टेरिङ फेल भएर अनियन्त्रीत हुदै सडक छेउको नालामा खसेको थियो । बसमा सवार अन्य यात्रुलाई अर्को गाडीबाट गन्तब्य तर्फ पठाईएको प्रहरीले जनाएको छ । यात्रु बस र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles