Wednesday, February 21, 2024

फरक क्षमताका बालबालिकालाई बागमती सेवा समाजको सहयोग

ताजा / भरखरै प्राप्त

सरिता सापकोटा, हरिवन–सर्लाहीको हरिवनमा रहेको एक बिध्यालयका बालबालिकाहरुलाई विभिन्न सामाग्री सहयोग गरिएको छ ।

हरिवन नगरपालिका–९, स्थित बिष्णुपुरमा रहेको श्री जनता प्राथमिक बिद्यालयमा अध्यनरत बालबालिकाहरुलाई विभिन्न सामाग्री प्रदान गरिएको हो । हरिवनमा रहेको बागमती सेवा समाज नामक गैरसरकारी संस्थाको सहयोगमा बालबालिकाहरुको लागि आवास तथा स्टेस्नरी सामाग्री वितरण गरिएको हो ।
निवर्तमान प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा बिद्यालयमा अध्यनरत बालबालिकाका लागि ७ थान कम्बल, १२ थान ब्याग, १२ वटा हाईजेनीक किट सहितको ब्याग, ७ थान सुमानेन्ट झुल र स्टेस्नरी सामाग्री प्रदान गरिएको बिध्यालयकी प्रधानाध्यापक पुजिता अधिकारीले बताईन् ।

यस बिद्यालयमा फरक क्षमताका बालबालिका आवास सुविधा सहित अध्यनरत रहेका छन् । उनीहरुको लागि आवश्यक सामाग्रि सहयोग गरिएको बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए । बालबालिकाहरुको लागि अत्यआवश्क सामाग्री प्राप्त भएको भन्दै उनीहरुलाई अध्यनमा टेवा पुग्ने बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष बिष्णु प्रसाद महतले बिश्वास ब्यक्त गरे ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महतको अध्यक्षतामा सम्पन्न सामाग्री वितरण कार्यक्रममा विप्लव कार्की, सरोज अधिकारी, बिनेश कार्की लगाएतको उपस्थिती रहेको बिद्यालयकी प्रधानाध्यापक अधिकारीले जानकारी दिईन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles